
एजेन्सी । स्पेनिस् ला लागिमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको बिल्वाओलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई सानदार जित दिलाउनको लागि पिएरे इमिरिक औवामियाङ, औसमाने डेम्बेले, लुक डि जोङ र मेम्फिस डिपाएले समान एक-एक गोल गरे । बार्सिलोनाले पहिलो हाफमा एक गोल गरेका थियो भने दोस्रो हाफमा तीन गोल थप्यो ।
खेलको ३७औँ मिनेटमा औवामियाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७३औँ मिनेटम डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । उनले फ्रान्की डि जोङको पासमा गोल गरेको थिए ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई ३-० गोलले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा डिपाएलले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए ।
यो जितसँगै बार्सिलोना लिगको चौथो स्थानमा यथावत रहेको छ । उसले २५ खेलबाट ४५ अंक जोडेको छ । एट्लेटीको म्याड्रिको समान अंकभएपनि गोलअन्तमा पछि परेको छ । पराजित बिल्वाओ २६ खेलबाट ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।