१५ फाल्गुन २०७८, आईतवार

काठमाडौं । मन्त्रिपरिषद्‍को बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी ब्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको क्याबिनेट बैठकले ३ मिनेटमै एमसीसीको ब्याख्यात्मक प्रस्ताव पारित गरेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिएकी छन् ।

आइतबार साढे ६ बजेसम्मका लागि स्थगित प्रतिनिधि सभा बैठक पुनः सुचारु गरिनेछ । बैठकमा ब्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नेछन् र पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV