१५ फाल्गुन २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ४८६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । सोही अवधिमा ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ हजार ५१७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४१५ जना कोरोना मुक्त भए, १ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय १५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७१० जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ७६ हजार २६२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV