१५ फाल्गुन २०७८, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । आइतबार काठमाडौंमा नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समयमा नै न्याय प्रदान गर्न र स्वतन्त्र न्यायापालिकाको मर्म र मान्यतालाई कायम राख्दै न्यायनिरुपण प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रपति भण्डारीले कानून व्यवसायीलाई आफूलाई अध्यावधिक गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समता र न्यायपूर्ण समाज निर्माणमा समर्पित हुन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले स्वतन्त्र न्यायपालिका, कानूनको शासन, संधिवानको सर्वाेच्चता, मानवअधिकार र कानुन व्यवसायीको हकहित र न्यायका उपभोक्ताको अपेक्षा पूरा गर्न बार एशोसिएशनले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले व्यवस्थापिका र कार्यपालिकाको चरित्र राजनीतिक हुने भएकाले यसका बीचमा यदाकदा उठ्ने अधिकार क्षेत्रसम्बन्धीका विषयमा कानून व्यवसायीले निष्पक्ष भूमिका खेल्नुपर्ने बताइन् ।

त्यस्तै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गुणस्तरिय कानूनका लागि आफुहरु सचेत रहेको बताइन् । उनले न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि आवश्यक कदमका बारेमा सम्मेलनमा छलफल हुने उल्लेख गरिन् ।

सम्मेलनमा राष्ट्रपति भण्डारीले नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष ज्येष्ठ कानूनविद् ९५ वर्षीय कृष्णप्रसाद भण्डारीलाई ‘कानून वङ्मय शताव्दी पुरुष’बाट दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV