१२ फाल्गुन २०७८, बिहीबार
  • केदार शर्मा,

चितवन । एमसीसीको विरोध स्वरुप जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ । नो एमसीसी भन्दै चितवनका विद्यार्थीहरुले आज प्रशासन कार्यालय घेराउसँगै नाराबाजी गरेका छन् ।

एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । चौबीसकोठीबाट सुरु भएको विरोध प्रदर्शनको ¥याली अस्पताल रोड, मालपोत चोक, बाइपास रोड हुँदै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।

विद्यार्थीहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक अमेरिका लगायतका नारा लगाएका थिए ।

एमसीसी खारेजी संयुक्त संघर्ष समिति चितवनका सचिव अजिव पौडेलले एमसीसीको विरोध गर्न फागुन १५ गते चितवनबाट ५ हजारको संख्यामा काठमाडौं जाने बताए । कोणसभालाई सम्बोधन गर्दै एमसीसीको पक्षमा भोट गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउनेसमेत बताएका छन् ।

उनीहरुले चितवनबाट प्रतिनिधित्व गर्ने सांसदहरुले समेत जनभावना विपरित जबरजस्ती एमसीसी ल्याउन खोजे जिल्ला प्रवेश गर्दा साथ आक्रमण गर्ने धम्कीसमेत दिएका थिए ।
यस्तै उता माओवादी केन्द्रका कार्यकर्ताहरुले चौबीसकोठीमा एमसीसीविरुद्ध प्रदर्शन गरेको छ ।

उनीहरुले माओवादी केन्द्रले एमसीसी ल्याउने भूमिका निभाए पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् । चितवनका पछिल्लो दिनमा सत्तासीन तथा प्रतिपक्ष दल निकटका कार्यकर्ता दिनदिनै एमसीसीको विरुद्धमा उत्रिएका छन् ।

LIVE TV