१२ फाल्गुन २०७८, बिहीबार

काठमाडाैँ । राजनीतिक छलफल कायमै रहेकाले संघीय संसद प्रतिनिधिसभाको आजको बैठक बस्न सकेन । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भाेलिसम्मका लागि स्थगित गरिएकाे छ ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची राखिएकाे थियाे । कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बाेलाए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक सार्न आग्रह गरेपछि स्थगित गरिएकाे हाे ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति गर्नका लागि प्रधानमन्त्रीले समय मागेपछि सभामुख सापकोटाले भाेलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सो प्रस्तावमा सत्ता गठबन्धनमा सामेल दलहरु बीचमै समान धारणा नहुँदा नियमित कार्यसूचीमा प्रवेश गर्न कठिनाइ भइरहेको र एमसिसी पास गर्न मस्किल परेकाे बताइन्छ । संसद भवनबाहिर एमसीसीकाे विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन समेत भइरहेको छ ।

LIVE TV