१२ फाल्गुन २०७८, बिहीबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई सानदार जित दिलाउनको लागि मोहम्मद सलाह र साडियो मानेले समान दुई-दुई गोल गरे । जोएल मटिप र भर्जिल भान डाइकले एक-एक गोल थपे ।

खेलको १५औँ मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ३०औँ मिनेटमा मटिपलले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ३५औँ मिनेटमा सलाहले पेनाल्टीमार्फत नै गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ३-० ले अगाडि बढाए ।

खेलको ८०औँ मिनेटमा मानेकाे गाेलमा  लिभरपुलले ४-० को अग्रता लियो । ९०औँ मिनेटमा मानेले नै गोल गर्दै लिभरपुललाई ५-० ले अघि बढाए । इन्ज्युरी समयमा भान डाइकले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलले २६ खेलबाट ६० अंक जोडेको छ भने शीर्षस्थानमा रहेको सिटीको ६३ अंक छ । पराजित लिड्स २३ अंकसहित १५औँ स्थानमा रहेको छ ।

LIVE TV