१० फाल्गुन २०७८, मंगलवार

काठमाडौं । मानिसहरुले आजको अंग्रेजी मिति २२/०२/२०२२ लाई विभिन्न कारणले याद गर्ने भएका छन् । किनभने आजको अंग्रेजी मिति दुर्लभ प्यालिन्ड्रोम मात्र नभई एम्बिग्राम पनि हो ।

प्यालिन्ड्रोम, जसले शब्दहरू, वाक्यांशहरू वा संख्याहरूको अनुक्रमलाई जनाउँछ जुन अगाडि र पछाडि उही तरिकाले पढ्न सकिन्छ । तपाईले धेरै पटक प्यालिन्ड्रोम मितिहरू पनि देख्नुभएको हुनसक्छ तर, मंगलबार (आज)को प्यालिन्ड्रोम यस अर्थमा दुर्लभ छ कि यो अगाडि, पछाडि र उल्टो पढ्न सकिन्छ ।

यस दुर्लभ मिति मंगलबार परेको छ, जसलाई मानिसहरूले ‘दुई’ दिन भनेर मिमहरु बनाइरहेका छन् । महिना, दिन र वर्ष ढाँचामा २२ फेब्रुअरी २०२२ लाई संख्यात्मक रुपमा २२/०२/२०२२ को रुपमा लेखिएको छ, जसलाई अगाडि र पछाडि उस्तै तरिकाले पढ्दा प्यालिन्ड्रोम हुन्छ, भने उल्टो तरिकाले पढ्दा यो एम्बिग्राम बन्छ ।

एक ट्वीटर प्रयोगकर्ताले भनेका छन्, ‘आज प्यालिन्ड्रोम र एम्बिग्राम दुवै हो । जसको मतलब यो पछाडि, अगाडि र उल्टो पनि पढ्न सकिन्छ । यो मेरो सबैभन्दा उपयोगी ट्वीट हुनसक्छ । शुभ दिन ।’

LIVE TV