९ फाल्गुन २०७८, सोमबार

काठमाडां । नेपालमा तीन दशकदेखि महँगो विदेशी ब्रान्डका मदिराको कारोबार गर्दै आएका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्स मुद्दामा शनिबार महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवाललाई पक्राउ गरेको हो।

पक्राउ परेका अग्रवाललाई हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको बताइएको छ ।

अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ ५० महिनाअघि ५० लाखको चेक बाउन्सको जाहेरी दिएका थिए। गत पुसको अन्तिमतिर सपरिवारका साथ उनी निवास र पसल दुवै ठाउँमा ताल्चा लगाएर गायब भएको थिए ।

याे पनि :

महँगो विदेशी मदिरा बेच्ने अमित अग्रवालको नालीबेली

LIVE TV