८ फाल्गुन २०७८, आईतवार

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रियलले डिर्पोटिभो एलाभेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियललाई सानदार जित दिलाउनको लागि मार्को एसेन्सियो, भिनिसियस जुनियर र करिम बेन्जेमाले समान एक-एक गोल गरे । बेन्जेमाले दुवै गोलका लागि असिस्ट पनि दिए । रियलले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको सुरुवातदेखि नै रियलले एलाभेसलाई दबाबमा राखेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नु परेका थियो । खेलको ६३औँ मिनेटमा मार्काले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उन बेन्जेमाको पासमा गोल गरेका थिए ।

खेलको ८०औँ मिनेटमा बेन्जेमाकै पासमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । इन्जुरी समयको पहिलो मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई सानदार जित दिलाए ।

यो जितसँगै रियलले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । रियलले २५ खेलबाट ५७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ । पराजित एलाभेसको २० अंकसहित १९औँ स्थानमा रहेको छ ।

 

LIVE TV