७ फाल्गुन २०७८, शनिबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा) । रिलिफ सोसाइटी अफ कमर्स वीरगन्जले विभिन्न क्षेत्रमा रही समाजमा योगदान पु¥याएका ३ जनालाई ‘विहारी लाठ कर्मवीर सम्मान–पत्र’ बाट सम्मान गरेको छ । रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्व. विहारीलाल लाठको १० औं पुण्य तिथिको अवसरमा आयोजित एक कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पु¥याएका २ जना तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका १ जना गरि ३ जनालाई ‘विहारी लाठ कर्मवीर सम्मान पत्र’ बाट सम्मान गरिएको हो ।

कार्यक्रमका उपस्थित मधेश प्रदेशका खानेपानी तथा उर्जामन्त्री मन्त्री ओमप्रकाश शर्माले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याए वापत् सामाजिक अभियन्ता एवं युवा नेता ओमप्रकाश सर्राफ, साहिब दरबार सेवा सँस्थानका अध्यक्ष राजेशमान सिंह तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख तथा कोभिड संयोजक डा.उदयनारायण सिंहलाई दोसल्ला ओढाई कदर–पत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सामाजिक अभियन्ताको रुपमा चिनिने ओमप्रकाश सर्राफको पहलमा कोरोना संक्रमण महामारीको बखत गरीब, निमुखा परिवारलाई खाना खुवाउने अभियानले सामाजप्रतिको योगदानलाई छर्लङ्ग देखाएको बताए । महामारीको बखत प्रशासनले उनहरुलाई खाना खुवाउने अभियान सञ्चालनमा रोक लगाएपनि उनीहरुको आँट र हिम्मतले धेरै गरीब निमुखा परिवारको पेट भरेकोले संस्थासहित उनलाई सम्मान गर्ने निर्णय स्वागत योग्य रहेको बताए ।

महामारीको कारण सबै कामकाज ठप्प परेको अवस्थामा दिनहुँ भोकले गरीब निमुखा परिवारहरु भोकै बस्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस संस्थाले गरेको योगदान सह्रानीय रहेको र यसबाट अन्य सामाजिक अभियन्ताहरुले पनि पाठ सिक्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा नारायणी अस्पतालका कोभिड संयोजक रहेर काम गरेका डा.उदयनारायण सिंहको पनि कार्य सम्मान जनक रहेको बताए । महामारीको बखत कोही कसैले नछुने, नजिकै नजाने जस्ता व्यवहार भइरहेको बखत आफ्नो ज्यान जोखिम मोलेर नारायणी अस्पताको कोभिड संयोजकको रुपमा कार्यरत रही संक्रमितहरुलाई गरेको उपचारले पनि उनीहरुको समाजप्रतिको योगदानलाई दर्शाएको बताए ।

समग्रमा यस रिलिफ सोसाइटी अफ कमर्सले तीन जना समाजसेवीहलाई सम्मान गरेको निर्णय स्वागत योग्य रहेको र उनीहरु सम्मानको पात्र पनि रहेको बताए । सोसाइटीले सोही अवसरमा गरीब परिवारका १४ जनालाई सिलाई मेशिन समेत वितरण गरेको छ । आर्थिक अवस्था न्यून रहेका तथा दैनिक जीवन चलाउन समस्या परेका १४ जना किशोरी तथा महिलाहरुलाई रोजगार गरेर केही आय आर्जन गर्नसक्ने उद्देश्यले सिलाई मेशिन वितरण गरिएको हो ।

सोसाइटीले विभिन्न क्षेत्रमा सक्रिय रही सामाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेका सामाजिक अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ । समाज, शिक्षा, स्वास्थ्य तथा पत्रकारिता क्षेत्रमा उल्लेख्यनीय भूमिका निर्वाह गर्नेहरुलाई वर्षेनी सम्मान गर्नुको साथै पुरस्कार समेत वितरण गर्दै आएको छ ।

LIVE TV