७ फाल्गुन २०७८, शनिबार
  • मुस्कान श्रेष्ठ

वीरगञ्ज । पर्सामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कंकर रहेको प्रहरीले जनाएको छ ।

हुलाकी सडक अन्तर्गत वीरगञ्ज–ठोरी सडकखण्डमा रामनगरीबाट बहुअरी तर्फ आउँदै गरेको ना ७ त ५३७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुर्घटनामा अन्य ३ जना भने घाईते भएका छन् । घाइते हुनेहरुमा ६१ वर्षीय सकलदेव राउत कंकर, १८ वर्षीय रञ्जन साह तेली र मकवानपुर जिल्लास्थित हेटौंडाका अन्दाजी २४ वर्षीय राजकुमार तामाङ रहेको प्रहरी प्रवक्ता खनालले बताए ।

तिनै जनाको वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

LIVE TV