६ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनको बैठक ८ गते पुन : बस्ने सहमतिसहित सकिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको हो ।

सत्ता गठबन्धनको बैठक बिहान १० बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । एमसीसीको बिषय पेचिलो बन्दै गएको बेला बस्न लागेको संसदको बैठकअघि बसेको गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको थियो ।

एमसीसी संसदमा आज टेबुल हुने अनुमान गरिएको थियो । तर सत्ता गठबन्धनको बैठकले आज टेबुल नगर्ने निर्णय गरेको छ ।

नेताहरुका अनुसार अब गठबन्धनको अर्को बैठक फागुन ८ गते बस्ने छ । आजको बैठकमा सत्ता गठबन्धनको नेतृत्व गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आजै एमसीसी टेबुल गर्ने बताए पनि अन्य नेताहरुले नमानेपछि अर्को बैठक ७ गते बस्ने सहमति भएको बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजै एमसीसी टेबुल गर्ने बताए । तर माओवादी केन्द्र र नेकपा समाजवादीले ८ गते सम्म पर्खन आग्रह गरेको बताइएको छ ।

 

 

LIVE TV