६ फाल्गुन २०७८, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनकै एमसीसीको बिरुद्धमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्।

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आपसी छलफलका लागि खुमलटारमा भेला भएका हुन् ।

सत्तारुढ लदको बैठक अहिले १० बजे बस्दै छ । उक्त बैठक बस्नुअघि एमसीसीको विपक्षमा रहेका दलका नेताहरु आन्तरिक छलपलमा जुटेका हुन् ।

आजको संसद बैठकमा एमसीसी टेवुल हुने अनुमान गरिएको छ । यद्यपि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने एमसीसी परेको छैन । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेवुल गर्नका लागि जोडबलका साथ लागी परेका छन् । प्रधानमन्त्री देउवाले बिहीबार राति प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेटेर एमसीसी पास गर्न सहयोग मागेका थिए ।

एमसीसी अघि बढाए नेकपा माओवादी केन्द्रले सरकार छोड्ने चेतावनी दिइसकेको छ ।

 

LIVE TV