५ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परेकी साहित्यकार हुन् किरण पल्पसा । उनै गीतकार पल्पसाको शब्द सिर्जना रहेको ‘लौन के गरौं’ गीतको भिडियो शुक्रबार रिलिज गरिने भएको छ ।

गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको जादुमयी संगीत सिर्जना रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा गायिका रचना रिमालको स्वर रहेको छ ।

गीतको भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’सँग मोडल प्रबिन डीसीको रोमान्स देख्न सकिन्छ । जस बहादुर याक्खाको निर्देशन रहेको गीतमा दीपक गिरीको कोरियोग्राफी रहेको छ भने नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ ।

भिडियो निकै नै स्तरीय बनेको कारण दर्शकहरुले रुचाउनेमा विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए । भिडियो शुक्रबार दिउँसो २ बजे ओएसआर डिजिटलमार्फत् बजारमा आउनेछ ।

LIVE TV