५ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले वर्तमान सरकारले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर राजनीतिलाई गलत दिशातर्फ लगेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही सियारी गाउँपालिकाको प्रथम अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारले एमालेलाई बदनाम गर्न खोजेको बताउदै सरकारले नै एमसीसी सदनमा पेश गर्ने र प्रचण्ड, माधव नेपालका पार्टीले एमसीसीका विरुद्ध सडकमा प्रर्दशन गरे जस्तो गरेर नक्कली राष्ट्रवाद देखाएको आरोप लगाए ।

यनले आफ्ना पार्टीका नेताहरुको नाम लिन डराउने तर, एमाले र केपी ओलीको नाम जोडेर सदनमा एमसीसी पेश गर्न लागेकोमा खेद प्रकट गर्दै वर्तमान गठबन्धन सरकार आफै धामी आफै बोक्सी बनेको आरोप लगाए ।

त्यस्तै बस्नेतले एमाले विकास प्रेमी, राष्ट्रप्रेमी पार्टी भएकोले अबको निर्वाचनमा पहिलो पार्टी बन्नेमा कसैले रोक्न नसक्ने बताउदै एमालेविरुद्ध गरिएको षड्यन्त्र चिर्न एमाले सक्षम रहेको जिकिर गरे ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका सचिव राजेन्द्र कँडेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गरेपनि चुनाव गर्ने वा नगर्नेमा अन्यौलता छाएको बताए ।

LIVE TV