४ फाल्गुन २०७८, बुधबार

काठमाडौं । आँखा झिम्काएर सबैको मन जित्न सफल अभिनेत्री प्रिया प्रकाश वारियरको पछिल्लो केही तस्वीरले सोशल मिडियामा भाइरल बनिरहेको छ । सार्वजनिक तस्विरहरूमा अभिनेत्री प्रियाले सुपरहट लुकमा बोल्ड पोज दिएकी छन् ।

उक्त तस्वीरहरु प्रिया प्रकाश वारियरले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छन् । तस्वीर सेयर गर्दै उनले हार्ट इमोजी पनि बनाएकी छन् ।

अभिनेत्रीको उक्त तस्वीरलाई फ्यानहरुले लगातार कमेन्ट र तारिफ गरिरहेका छन् । नयाँ तस्वीरहरूमा प्रिया प्रकाश वारियरले अफ शोल्डर पिंक कलरको वनपिस लगाएकी छन् ।

जसमा उनी निकै सुन्दर देखिएकी छन् । आफ्नो लुक पूरा गर्न अभिनेत्रीले घाँटीमा पातलो नेकलेस पनि लगाएकी छन् । यसका साथै उनले खुला कपालमा हल्का मेकअप पनि गरेकी छन् ।

‘ओरु अदार लभ’को कारण चर्चामा

प्रिया प्रकाश वारियर सन् २०१९ मा फिल्म ‘ओरु अदार लभ’ को ट्रेलर बाहिरिएपछि चर्चामा आएकी थिइन् । ट्रेलरको एक दृश्यमा अभिनेत्री प्रियाले आँखा झिम्काएर सबैलाई पागल बनाएकी थिइन् । त्यसपछि उनी रातारात चर्चामा आउन सफल भइन् ।

सामाजिक सञ्जालमा सक्रिय

प्रिया प्रकाश वारियर सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी हरेक दिन कुनै न कुनै भिडियो वा तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छन् । उनका फ्यानहरूले पनि अभिनेत्रीको निरन्तर तारिफ गरिरहेका छन् । यससँगै प्रिया पनि आफ्ना फ्यानसँग जोडिएकी छन् ।

 

LIVE TV