४ फाल्गुन २०७८, बुधबार

काठमाडौं । अभिनेत्री क्याट्रिना कैफ ‘टाइगर–३’को सुटिङका लागि सुपरस्टार सलमान खानसँग दिल्ली पुगेकी छन् । सलमान र क्याट्रिना एयरपोर्टबाट सँगै हिँडेका तस्बिर पनि बाहिरिएको थियो । यसैबीच क्याट्रिनाले दिल्ली पुगेपछि भिजेको कपालमा आफ्नो नयाँ तस्वीर पनि सेयर गर्न भ्याएकी छन् ।

क्याट्रिना कैफले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा क्याप्सनसहित नयाँ तस्वीर शेयर गरेकी हुन् । अभिनेत्रीले क्याप्सनमा लेखेकी छन्, ‘विन्टर सन ।’ उक्त तस्वीरमा क्याट्रिनाले सेतो टी–शर्ट लगाएकी छन्, भने उनको कपाल भिजेको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्म ‘टाइगर–३’को अन्तिम आउटडोर शेड्युल दिल्लीमा नै पूरा हुने भएको छ । जसमा करिब १० देखि १२ दिनसम्म फिल्मको सुटिङ हुनेछ । समाचारका अनुसार बहुप्रतिक्षित फिल्म ‘टाइगर–३’ को टर्की, रुस, अस्ट्रियालगायत धेरै देशमा छायांकन गरिएको छ ।

त्यसोत, क्याट्रिना र विक्की कमौशलले गत वर्षको ९ डिसेम्बरमा राजस्थानको सवाई माधोपुरमा विवाह गरेका थिए । उक्त विवाहमा बलिउड सेलिब्रेटीहरु र उनीहरु दुवैको परिवारका सदस्यहरु सहभागी भएका थिए । उनीहरुको विवाहलाई शाही बनाउन विशेष व्यवस्था पनि गरिएको थियो ।

LIVE TV