४ फाल्गुन २०७८, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरको खोर्हे (हनुमान घाट)मा एक महिनासम्म माघ महिनामा स्वस्थानीको कठोर बृत बस्ने चलन छ ।

यो बर्षको श्री स्वस्थानी ब्रतको अन्ति दिनको अघिलो दिन मंगलबार माघ शुक्ल चतुर्दशीका दिन खोर्हेमा ब्रत बस्ने ब्रतालुहरु माधव नारायण सहित भक्तपुर नगर परिक्रमा गर्ने परम्परा छ ।

सोही परम्परा अनुसार करिव ११ बजे खोर्हेबाट छ्वाःजलाशय कलश शिरमा राखि नाँगो खुट्टा हिडेर भगवती स्थान, तिलनारायण महादेव तःमारी, हुँदै सापारु (घेङताङ घिसी) परिक्रमा गर्ने बाटो (करिव ३ किलोमिटर) हुँदै कमल विनायक पोखरी स्थित बारे गणेश दर्शन गरि पूःन खोर्हे घाटमा आई आजको कार्यक्रम सम्पन्न गरियो ।

मंगलबार आज ब्रतको अन्तिम दिन खोर्हे खोलामा जलाशन, ब्रत गरिसके पछि तःमारी स्थित तिलनारायण मन्दिरमा आई पूजा गरी ब्रत समापन गरिने परम्परा छ ।

LIVE TV