३ फाल्गुन २०७८, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार नै अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने विश्वास व्यक्त गरेका छन् । उनले आजै फोन गरेर सभामुख अग्नि सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन निर्देशन पनि दिएका छन् ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवाले सभामुख सापकोटासँग यस विषयमा परामर्श भइसकेकोले भोलि नै संसदमा पेश हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

कांग्रेस महामन्त्री गगन थापाले सो कुराको जानकारी दिँदै आजको बैठकले एमसिसी पेश गर्ने र पारित गर्नका लागि पक्षमा मतदान गर्ने पार्टीको निर्णय रहेको बताए । साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत एमसीसीमा साथ दिने र सत्तारुढ माओवादी केन्द्र समेत यसको पक्षमा उभिने विश्वास आजको बैठकमा व्यक्त भएको बताए ।

कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले एमसिसी नेपालको हितमा रहेको भन्दै पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

LIVE TV