२ फाल्गुन २०७८, सोमबार

काठमाडौं । थानकोट जेसीज २०१६ का अध्यक्ष जेसी  पेशल खतिवडा जेसीज वर्ष २०२२ का लागि ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा मनोनित भएका छन् ।

नेपाल जेसीज विधान र नीति निर्देशिकाको परिच्छे ८ को धारा ४ बमोजिम जेसीज वर्ष २०२२ का लागि ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा खतिवडालाई आइतबार मनोनित गरिएको हो ।

नेपाल जेसीजका सिनेटर लालमणी भण्डारीद्वारा जारी सूचनामा युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगसँगै उद्यमशिलतालाई सार्थकता प्रदान गर्न र समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्नु नै जेसीआईको मुख्य लक्ष्य रहेको उल्लेख छ ।

जेसीआईका लक्ष्य प्राप्ति लागि खतिवडाले पुर्याएको योगदानलाई मूल्यांकन गरेर जेसीज वर्ष २०२२ को ‘एड्भाइजर टु लोम डेभलपमेन्ट कमिटी’मा मनोनित गरिएको सूचनामा उल्लेख छ ।

LIVE TV