१ फाल्गुन २०७८, आईतवार

एजेन्सी । क्लब विश्वकपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । गएराति भएको खेलमा अतिरिक्त समयमा ब्राजिली क्लब पाल्मेइरसलाई २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

निर्धारित समयको १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको थियो । अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

त्यसअघि चेल्सीका लागि रोमेलु लुकाकु गोल गरेका थिए भने पाल्मेइरसका राफयल भेइगाले गोल गरेका थिए । ५५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाए । उनले कलुम हड्सन ओडोईको क्रसमा गोल गरेका थिए ।

६४औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो । ११७औं मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए ।

यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । यसअघि चेल्सीले गत अगस्टमा स्पेनिस क्लब भिल्ला रियललाई हराउँदै युइएफए सुपर कपको च्याम्पियन बनेको थियो ।

LIVE TV