
- तारा आचार्य,
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं नेकपा (एस)का नेता विरोध खतिवडाले एमसीसीलाई मुलुकको राष्ट्रिय हित अनुकुल बनाउने गरी संशोधन गर्नुपर्ने बताएका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खतिवडाले एमसीसी यथास्थितिमा पास गर्न नसकिने धारणा राखे ।
मन्त्री खतिवडाले एमसीसीकै कारण गठबन्धनमा कुनै समस्या नभएको बताउदै आवश्यकता भइन्जेल गठबन्धन जारी रहने र असहमति भएमा आ–आफ्नो दृष्टिकोण अनुसार अघि बढ्ने बताए ।
उनले एमसीसीमा संशोधनका लागि सरकारलाई दबाब दिन नेकपा (एस) निकट जनवर्गीय संगठनहरुले विरोध कार्यक्रम आयोजना गर्ने बताए । उनले चैत मसान्तभित्र तोकिएको लक्षित वर्गलाई खोप लगाइसक्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।
यस्तै मन्त्री खतिवडाले १२ देखि १८ वर्षसम्मका सबै बालबालिकाहरुलाई खोप लगाउने गरी तयारी गरिएको जानकारी दिए ।