२९ माघ २०७८, शनिबार

काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती पुनः आफ्नो काममा फर्किएकी छन् । अभिनेत्री रिया आफैले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुनः काममा फर्किएको जानकारी दिएकी हुन् । आफ्नो प्रेमी सुशान्त सिंह राजपुतको मृत्युपछि उनी दुई वर्षसम्म कामबाट टाढिएकी थिइन् । अहिले उनी सामान्य जीवन बिताउन सुरु गरेकी छन् । यसैबीच उनी पुनः काममा पनि फर्किएकी हुन् ।

दुई वर्षपछि काममा फर्किइन् रिया

रिया चक्रवर्तीले विगत केही दिनदेखि निरन्तर मोटिभेसनल उद्धरणहरू सेयर गर्दै आएकी छन् । भर्खरै उनले आफ्नो एउटा भिडियो शेयर गरेकी छन्, जहाँ उनी निकै खुसी देखिएकी छन् । भिडियोमा उनी रेकर्डिङ स्टुडियोमा देखिएकी छन् ।

 

 

View this post on Instagram

 

A post shared by Rhea Chakraborty (@rhea_chakraborty)

उनले क्याप्सनमा लेखेकी छन्, ‘हिजो २ वर्षपछि काममा गएकी छु । मेरो जीवनको सबैभन्दा कठिन समयमा मलाई साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद । केही छैन घाम सधैं चम्किन्छ । कहिल्है हार नमान्नुु ।’

रियाकी ब्वाईफ्रेण्ड सुशान्त सिंह राजपुतको १ जुन २०२० मा निधन भएको थियो ।

सुशान्तका लागि लेखेकी थिइन् भावुक पोस्ट

अभिनेता सुशान्त सिंह राजपूतको पहिलो पुण्यतिथिमा रिया चक्रवर्तीले निकै भावुक पोस्ट सेयर गरेकी थिइन् । सुशान्तसँगको तस्बिर सेयर गर्दै उनले क्याप्शनमा लेखेकी थिइन्, ‘अहिलेसम्म एक पल पनि बितेको छैन, जब मलाई तिमी यहाँ नभएको महसुस भएको छ । भनिन्छ समयले सबै कुरा निको पार्छ तर, तिमी मेरो समय र सबै थोक थियौ । मलाई थाहा छ कि अब तिमी मेरो संरक्षक परी हुनुहुन्छ । तपाईं आफ्नो टेलिस्कोपमार्फत् चन्द्रमाबाट मलाई हेर्दै हुनुहुन्छ र सुरक्षा गरिरहनुभएको छ ।’

जेल बस्नुपर्यो एक महिना

सुशान्त सिंह राजपूतको मृत्युपछि एनसीबीले सेप्टेम्बर २०२० मा रिया चक्रवर्तीलाई पक्राउ गरेको थियो । त्यसपछि उनलाई झण्डै एक महिना जेल बस्नुपरेको थियो । त्यसपछि अदालतले रियालाई धरौटीमा रिहा गरिन् । रियाका भाइ शौभिक चक्रवर्तीलाई पनि एनसीबीले पक्राउ गरेको थियो ।

उनी पनि डिसेम्बरमा जेलबाट छुटेका थिए । रिया चक्रवर्ती पछिल्लो पटक इमरान हाश्मी, अमिताभ बच्चन, सिद्धार्थ कपुरलगायतका स्टारर् फिल्म ‘चेहरे’ मा देखिएकी थिइन् ।

LIVE TV