२८ माघ २०७८, शुक्रबार
  • मुस्कान श्रेष्ठ

पर्सा । वीरगञ्जमा लता मंगेशकरको श्रद्धान्जली सभा सम्पन्न भएको छ । नेपाल–भारत सहयोग मञ्चले वीरजञ्जका होटल दियालु लर्डसमा आयोजना सभाको आयोजना गरिएको थियो ।

श्रद्धाञ्जलीसभा कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष अशोक वैद्यले भारतीय गीत संगीतले नेपाल–भारतको जनसम्बन्ध मजबूत बनाएको बताए ।

स्व गायिका मंगेशकर प्रत्येक नेपालीको मनमा मात्र नभई परीवारको सदस्य जस्तो रहेको बताउँदै उनको निधन विश्व संगीतका लागि अपूरणीय क्षति भएको बताए ।

यस्तै मञ्चका सल्लाहकार चन्द्रकिशोर झाले शस्त्रले विभाजित गर्ने तर संगीतले विश्व जनमनलाई जोड़ने काम गरेको बताए । कार्यक्रममा स्वर्गिय गायिका लता मंगेशकरको स्मृतिको अवसरमा नेपालमा लताको नाममा पुरस्कारको स्थापनाको घोषणा गरिएको छ ।

पुरस्कारको नाम लता मंगेशकर नेपाल प्रतिभा पुरस्कार राखिएको छ । ५१ हजार राशीको यो पुरस्कार संगीत, साहित्य, कला, संस्कृति को क्षेत्रमा योगदान गर्नेलाई दिइनेछ ।

मञ्चका अध्यक्ष वैद्यको माता पिताको स्मृतिमा स्थापित हनुमानी देवी नथमल वैद्य सेवा समिति मार्फत प्रत्येक वर्ष लता मंगेशकरको पुण्यतिथिको अवसरमा यो पुरस्कार वितरण गरिने जनाइएको छ ।

LIVE TV