२७ माघ २०७८, बिहीबार

काठमाडौं । अमर श्रष्टा जगतमर्दन थापाको ८६ औं जन्म जयन्तीको अवसरमा उनको स्मृति ग्रन्थ ‘स्वर साधक’ तथा गीति संग्रह ‘कुनै भेदभाव छैन’ विमोचन गरिएको छ ।

गीतकार संघ नेपालको आयोजनामा विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त स्मृति ग्रन्थ तथा गीति एल्वम विमोचित भएको हो ।

स्मृति ग्रन्थ ‘स्वर साधक’का सम्पादक विवश बस्ती, प्रकाशक तथा जगतमर्दन थापाका सुपुत्र मोहितमर्दन थापा, वहाँका परिवारका सदस्यहरु, गीतकार संघ नेपालका कार्यसमितिका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थितिमा उक्त स्मृति ग्रन्थ तथा गीति संग्रह विमोचन भएको हो ।

कार्यक्रममा गीतकार यादव खरेलले जगतमर्दन थापाको व्यक्तित्व, गीतियात्राको बारेमा चर्चा गर्दै उनको सिर्जना तथा कृतिहरुलाई संग्रह गरेर राख्नुपर्ने बताए ।

गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङले गीतकार संघ नेपालले जगतमर्दन थापा स्मृति गीतकार संघ नेपाल अक्षय कोष’ स्थापना भएको र यहि संस्थाले नै वहाँका गीति सृजनाको बारेमा खोज, अनुसन्धान गर्ने बताउनु हुदै जगतमर्दन थापाले नेपाली गीति क्षेत्र र साहित्यको क्षेत्रलाई दिनु भएको योगदानको चर्चागरे ।

LIVE TV