२७ माघ २०७८, बिहीबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०७ हजार ९८६ पुगेको छ । सोही अवधिमा २ लाख २० हजार ६०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २९ हजार ४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा २२३८ जना कोरोना मुक्त भए, १२ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३० हजार ६०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८८० जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख १९ हजार ६७६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ ।

LIVE TV