२६ माघ २०७८, बुधबार

एजेन्सी । इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रोमालाई २-० गोल अन्तरले पराजित गर्दै इन्टरले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

घरेलु मैदान इन्टरलाई जित दिलाउनको लागि इडेन जेको र एलेक्सिस सान्चेजले समान एक-एक गोल गरे । खेलको दोस्रो मिनेटमै जेकोको गोलबाट इन्टरले सुरुवाती अग्रता लिएको थियो । उनले इभान पेरिसिसको पासमा गोल गरेका थिए । ६८औं मिनेटमा सान्चेजले गोल इन्टरलाई सहज जित दिलाए ।

LIVE TV