२५ माघ २०७८, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन् ।
मोहन कुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल गठन गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा संगठनका संयोजक घिमिरेले १५१ सदस्यीय अधिवेशन आयोजक समिति र ३५ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए । उनले नेपाल निजामती कर्मचारी संगठनको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दाबी गरे ।

प्रदेश, संघ र स्थानीय कर्मचारीको छाता संगठन स्थापना भएको र फाल्गुन महिनाभित्र मातहतका कर्मचारी संगठनलाई सरकारी कर्मचारी संगठनमा रुपान्तरण गरिने उनले बताए ।

संगठनले टे«ड युनियन भित्र देखिएको अर्थवाद, अवसरबाद र अराजकतावादको अन्त्य गर्दै एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्वन गर्न माग गर्ने निष्कर्ष निकालको जनाएको छ ।

LIVE TV