२४ माघ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले नेता डा प्रकाशशरण महतलाई पार्टी प्रवक्ता बनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी महतलाई दिएका हुन् ।

महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए । त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ ।

यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए। शर्मा अहिले कांग्रेस महामन्त्री छन् ।

LIVE TV