२१ माघ २०७८, शुक्रबार

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालमा एमसीसी लागू भए विद्युत उत्पादन अत्यधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुनसक्ने बताएका छन् ।

शुक्रबार (आज) उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसीसीबारे यस्तो धारणा राखेका हुन् ।

यसका साथै उनले एमसीसी गरिबी न्यूनीकरणका लागि अमेरिकाले दिएको एउटा परियोजना मात्र रहेको जिकिर गरेका छन् । विभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका भन्दै सबैको सहमतिमा नै यसलाई अघि बढाइने उनले बताएका छन् ।

उक्त कार्यक्रममा विभिन्न दल परित्याग गरेको कार्यकर्तालाई कांग्रेस प्रवेश गराइएको थियो ।

LIVE TV