२१ माघ २०७८, शुक्रबार

काभ्रे । बितेको २४ घण्टामा काभ्रेमा  २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए ।

अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो ।

माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा पर्यटकीयस्थल धुलिखेलका होटल व्यवसायी तङ्ग्रिनेमा आशावादी देखिएका छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरसम्मले होटल–पर्यटनमा ठूलो घाटा व्यहोर्नुपरेको दुःखेसो पोख्दै धुलिखेलस्थित होटल माउण्ड प्रिन्सका सञ्चालक ज्योत्स्ना सैंजू कोरोना ङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या उकालो लागिरहँदा होटल व्यवसाय तङ्ग्रनेमा आशावादी बन्दै गएको बताउनुहुन्छ ।

“यो हप्ताको तथ्याङ्कले होटल–पर्यटनलाई तङ्ग्राउने देखिन्छ, आशावादी बन्नैप-यो”, क्षेत्रीय होटल सङ्घ ९हान०को सचिवसमेत रहनुभएका सैँजूले भन्नुभयो । उहाँ कोरोनाको अर्को लहर आए धुलिखेलका अधिकांश होटल व्यवसायीले धान्न मुस्किल पर्ने बताउनुहुन्छ ।

सैंजूका अनुसार कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म आइपुग्दा होटल–व्यवसाय धरासायी भई धुलिखेलका चार होटल बन्द भइसकेका छन् । “होटल निर्माणको ब्याज तथा घरभाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुप¥यो, नयाँ व्यवसायीलाई यो पेशामा निकै चुनौतीपूर्ण छ”, उहाँले भन्नुभयो ।

बीस कोठा क्षमता रहेको उहाँको होटलमा केही दिनदेखि स्वास्थ्य मापदण्ड अपनाएर पाहुनालाई सेवा प्रदान गर्न थालिएको छ । जिल्लामा कोरोनाको पहिलो र दोस्रो लहरमा १९३ को मृत्यु भएको थियो भने तेस्रो लहरमा दुईको मृत्यु भएको छ । हाल यहाँ ५३५ सक्रिय सङ्क्रमित छन् ।

नेपालमा कोरोना महामारीको तेस्रो लहरसम्मले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेको व्यवसायी बताउँछन् । “आन्तिरिक पर्यटकमात्रै धुलिखेल आउनुहुन्छ, अब त यसैलाई सन्तोषजनक मान्नुपर्ने बाध्यता भइसक्यो”, धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले भन्नुभयो । तेस्रो लहरको उत्तराद्र्धमा आफ्नो होटलमा चहलपहल बढ्न थाल्नेमा प्याकुरेल ढुक्क देखिनुभएको छ । एक वर्ष नबित्दै आएको तेस्रो लहरले पहिलेकै चिन्ताले उहाँमा ‘डेरा’ जमाइसको छ । “व्यवसायले रुप फेर्लाझैँ लागेको थियो, कोरोना तेस्रो लहरको पुनः थप धरासायी बनाइदियो”, प्याकुरेलले भन्नुभयो ।

पर्यटकीयस्थल धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनायो । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दथे । पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा छ ।

LIVE TV