२० माघ २०७८, बिहीबार
  • युवराज आचार्य,

झापा । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टाको जुत्ता उद्योग (एसएस फुटवेयर)मा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान ११ः३० बजे देखि लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको हो ।

मेचीनगर–६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युतसर्ट भई लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहालले बताए ।

‘उद्योगभित्र रहेको जुक्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुक्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने, ‘भवनको चारैतिरको भाग अधिकांश जलेको छ साढे ८ करोड क्षति भएको अनुमान गर्न सकिन्छ ।’

भारतबाट आएका २ वटा दमकल गईसकेको छ भने र झापा र मोरङबाट आएका दर्जनबढी दमकल फर्किने क्रममा रहेको बताइएको छ ।

आगो नियन्त्रणमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।

LIVE TV