१९ माघ २०७८, बुधबार
  • श्यामशितल परियार,

लमजुङ । लमजुङको राइनास नगरपालिका–६, घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको राइनास नगरपालिका तीनपिप्लेबाट धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर बुधबार दिउँसो सडकबाट झण्डै २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

उक्त ट्याक्टरमा सवार राइनास नगरपालिका–६ का अन्दाजी ४० वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।

ट्रयाक्टरमा सवार अन्य २ जना सामान्य घाइते भएका उनले बताए । उनका अनुसार ट्रयाक्टरमा चालकसहित ३ जना सवार थिए ।

LIVE TV