१८ माघ २०७८, मंगलवार

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा पीएसजी निससँग टाइब्रेकरमा ६-५ ले पराजित हुँदै पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो ।

निर्धारित समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पिएसजीले निर्धारित समयमा निसलाई लगातार दवावमा राखेपनि गोल गर्न सकेन । पीएसजीले ६९ प्रतिशत बल पोसेस राखेपनि निसको बलियो रक्षापङ्तिलाई तोड्न सकेन ।

टाइब्रेकरमा ७ जनाले पेनाल्टी प्रहार गर्दा निसका ६ जनाले गोल गरे भने पीएसजीका ५ जनाले मात्रै गोल गरे । निसका मोर्गान, जिन क्लेइर टोविडो, युसेफ एटल, एमिन गोइरी, इभान गेस्सान्ड र डान्टेले गोल गर्न सफल हुँदा एन्डी डेलोर्टले गोल गर्न सकेनन् ।

पिएसजीका लियोनेल मेस्सी, केलियन एमबाप्पे, जुलियन ड्राक्सलर, मार्को भेराट्टी र जुआन बर्नाटले गोल गरे । लियान्द्रो ड्यानियल पारेडेस र सातौंमा जाभी सिमोन्सले गोल गर्न सकेनन् ।

 

LIVE TV