१५ माघ २०७८, शनिबार

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई पराजित गरेको छ । खेलको दोस्रो हाफ अर्थात् ५५ औँ मिनेटमा नेपालका विमल घर्ती मगरको गोल प्रहारसँगै नेपालले जित हासिल गरेको हो ।

सुमन लामाको पासमा विमलले ५५ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् ।

खेलको पहिलो हाफमा दुवै पक्षले गोल गर्न अग्रसर रहे पनि असफल भएका थिए । खेलको ३५ मिनेटमा मोरिससले खेलमा अग्रता लिए पनि अवसरबाट चुक्यो ।

खेलको ४० औँ मिनेटमा नेपालका देवेन्द्र तामाङले डिबक्सभित्रबाट गरेको हेड थोरैले बाहिरिएको थियो।

फिफाको १६९औं स्थानमा रहेको नेपालको मोरिसससँगको पहिलो पटकको खेल हो । मरिसस फिफाको १७२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV