१५ माघ २०७८, शनिबार

काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

उनका अनुसार बैठकको निर्णयपछि निर्वाचन आयोगसँग परामर्शमा गरिनेछ र सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV