१५ माघ २०७८, शनिबार

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक केहीबेर बसेर सकिएको छ । स्थानीय तहको निर्वाचनका लागि सहमति जुटाउन भनी बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विनानिश्कर्ष सकिएको हो ।

साथै अर्को बैठक आजै दिउँसो ४ बजे बालुवाटारमा बस्ने बताइएको छ । आज बिहान बसेको बैठकमा स्थानीय तहको निर्वाचन मिति तय गर्नेबारे छलफल भएको थियो । तर बैठकले कुनै निश्कर्ष निकाल्न नसकेको स्रोतको भनाइ छ ।

सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचन बैशाखमै गर्ने वा तीनै तहको निर्वाचन एकैचोटि गर्नेगरी केही समय निर्वाचन मिति लम्ब्याउने भन्ने विषयमा मत मिल्न सकिरहेको छैन ।

खासगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एक वर्षपछि स्थानीय, प्रदेश र संघको निर्वाचन एकैपटक गरौँ भन्ने पक्षमा रहेका छन् । तर उता नेपाली काँग्रेस भने उक्त प्रस्तावप्रति सकारात्मक रहेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV