१४ माघ २०७८, शुक्रबार

काठमाडौं । नेपालमा पछिल्लो समय तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् । हाल नेपालमा ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्लाको संख्या २० पुगेको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासीपूर्व, तनँहु, बाके, रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

त्यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १८ वटा जिल्लाहरु रहेका छन् । उक्त जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी पश्चिम, सुर्खेत र कञ्चनपुर रहेका छन् ।

यसैबीच हाल नेपालमा होम आइसोलेशनमा ८८ हजार ०८४ जना, संस्थागत आइसोलेशनमा एक हजार ८५७ जना, आईसीयूमा २५६ जना र भेन्टिलेटरमा ४५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा एक लाख २८ हजार ५६३ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज दुई लाख ९९ हजार नौ मात्रा लगाइएको छ ।

छ हजारभन्दा बढीमा सङ्क्रमण

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १९ हजार ८६९ परीक्षण गर्दा छ हजार ८२७ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९४१ पुगेको छ ।

त्यस्तै आज एकैदिन पाँच हजार ४३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख ४२ हजार ३३६ पुगेको छ । यो दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा १० जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६९७ को सङ्क्रमणका कारणले निधन भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV