१४ माघ २०७८, शुक्रबार

काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीसीको बैठकले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

जोर/बिजार प्रणालीले सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ । सीसीएमसीको उक्त निर्णय मन्त्रिपरिषदबाट पारित भएपछि लागू हुने बताइएको छ ।

यसैगरी सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा गरिने सम्पूर्ण पठनपाठनका गतिविधिमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

वैकल्पिक शिक्षण सिकाइ अर्थात् भर्चुअल माध्यबाट पठनपाठन जारी राख्नसमेत शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV