१४ माघ २०७८, शुक्रबार

काठमाडौँ । सत्ता गठबन्धनका मुख्य तीन नेताबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको हो ।

छलफलमा स्थानीय तहको चुनाव तथा संघीय संसदको चुनावबारे करिब एक घण्टाजति छलफल भएको स्रोतले जनायो । आगामी वैशाखमा नै स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले दबाब दिइरहेको बेला उनीहरुबीच छलफल भएको हो ।

भोलि शनिबार गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुसहित पुनः बैठक बस्ने गरी तीनै नेताबीच सहमति भएको जनाइएको छ । वैशाखमै चुनाव गर्ने कि केही समय पर धकेल्ने भन्नेबारे सत्ता गठबन्धनका नेताहरु बहसमा छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने वैशाखमै निर्वाचन हुनुपर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV