१४ माघ २०७८, शुक्रबार

धनगढी । यहाँस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बीउ प्रशोधन, भण्डारण र बजारीकरण प्रयोजनका लागि कैलारी गाउँपालिकाको वडा नम्बर १, बिसनपुरमा गोदामघर बनाएको छ । उक्त गोदामघरको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता एवम् सुदुरपश्चिम सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री माननीय बिनिता चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

संस्थाका सचिव विमलकुमार जोशीको उद्घोषणमा सम्पन्न सो कार्यक्रमम कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चोधरी, कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खगेन्द्र शर्मा विशिष्ट अतिथि हनुहुन्थ्यो । कार्र्यत्रममा संस्थाका पदाधिकारी, लेखा समितिका पादधिकारी, कार्र्यालयका प्रबन्धक महेन्द शाही लगायतको उपस्थिति थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खगेन्द्र शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।

हिमशिखरले कैलारी गाउँपालिका वडा नं १ बिसनपुर स्थित आफ्नै १२ कट्टा ४ धुर जमिनमा गोदामघर प्रारम्भ गरेको छ । गोदामघर परियोजनाको कुल लागत रकम ५० लाख ४० हजार ३५९ रुपैयाँ, संस्थाले बेहोर्नुपर्ने रकम १० लाख ४० हजार ३५९ रुपैयाँ, कृषि ज्ञान केन्द्रको अनुदान ४० लाख  रूपैयाँ रहेको छ । यो परियोजना २०७९ असार १५ मा सम्पन्न गरिसक्नुपर्ने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV