
- मुस्कान श्रेष्ठ
वीरगञ्ज । पर्साको नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणको क्रममा बुधबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३५ जनाको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा थप ११ जनमा कोरोना संक्रमण पुष्टि भएकोे नारायणी अस्पतालका कोभिड संयोजक डा उदय नारायण सिंहले जानकारी दिए ।
संक्रमित पुष्टि हुनेहरुमा ६ जना पुरुष र ५ जना महिला रहेका छन् । संक्रमित मध्ये पर्सा जिल्लामा ६ जनामा पुष्टि भएको छ ।
यस्तै बारा जिल्लाका ३ जना, रौतहटका १, सिराहका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा। सिंहले बताए ।
संक्रमितहरुको उमेर समुह ३ वर्ष देखि ७२ वर्षसम्म रहेको छ ।