
- मुस्कान श्रेष्ठ
वीरगञ्ज । पर्सा जिल्लामा महिलाको जनसंख्यामा कमी आएको छ । मुलुकभर महिलाको संख्यामा वृद्धि भएपनि पर्सामा भने कमी आएको हो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार उक्त जिल्लामा महिलाको संख्या ३ लाख १४ हजार ४ सय ७८ मात्र रहेको छ भने पुरूषको ३ लाख ३४ हजार ९ सय १९ संख्या रहेको छ ।
यो संख्या पुरुषको भन्दा महिलाको २० हजारभन्दा कमी हो । यस्तै पर्सा जिल्ल्लाको जनसंख्या ४८ हजारले वृद्ध भएको छ । यो १० वर्षको अवधीमा पर्सा जिल्लाको जनसंख्या मात्र ४८ हजारले वृद्ध भएको हो ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पर्सा जिल्लाको जनसंख्या बढेर ६ लाख ४९ हजार ३ सय ९७ पुगेको छ ।
यसअघि २०६८ को जनगणनाअनुसार पर्सा जिल्लाको जनसंख्या ६ लाख १ हजार १७ रहेको थियो ।
मधेश प्रदेशमा रहेको ८ जिल्लामा मध्ये सबै भन्दा कम जनसंख्या पर्सा जिल्लामा रहेको बताईएको छ ।