१४ माघ २०७८, शुक्रबार

काठमाडौँ । न्याय सेवा आयोगको बैठक आज बस्दै छ । नेपाल बारको असहमतिकै बीच प्रधानन्यायाधीश चाेलेन्द्र समसेर राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

आयोगमा प्रधानन्यायाधीश राणा सहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् ।

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका छन् । लामो समयदेखि न्याय सेवाको बैठक बस्न सकेको छैन ।

कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एसोसियसनको आन्दोलन चर्किएपछि न्याय सेवाको बैठक यसअघि प्रभावित भएको थियाे ।  लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक बाेलाएका हुन् ।  यसअघि ६ पुसमा बोलाइएको भए पनि बैठक बस्दै नबसी स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV