१३ माघ २०७८, बिहीबार

काठमाडौँ । यहाँको शंखरापुर नगरपालिकामा एक दम्पती घरभित्रै मृत भेटिएका छन् । उनीहरुको निस्सासिएर मृत्यु भएको
महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शंखरापुर नगरपालिका वडा नं ३ मा बसो बास गर्दै आएका ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङको गएराति निस्सासिएर मृत्यु भएको हो ।

आफू बसेको घरको कोठाभित्रै उनीहरु आज बिहान मृत अवस्थामा फेला परेका हुन् । घरभित्रै आगो बालेर सुतेका कारण उनीहरूको निसासिएर मृत्यु भएको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV