१२ माघ २०७८, बुधबार

काठमाडौं । संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध समितिमा युवा नेता असिम राई मनोनित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईलाई संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ (१) अनुसार गठित विषयगत समितिको सदस्यमा मनोनित गरिएको हो ।

अर्थमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिमा सबै प्रदेशका आर्थिक मामिला मन्त्री र स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । सातवटै प्रदेशका आर्थिक मामिला मन्त्री सदस्य रहेको समितिमा गाउँपालिकाको तर्फबाट भने प्रतिनिधित्व गर्ने अध्यक्ष राई एक्लै रहेका छन् ।

अर्थ मन्त्रालयका सह–सचिव बाबुराम सुवेदीले जारी गरेका विज्ञप्तीमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) बमोजिम गठित विषयगत समितिको सदस्यमा नेपाल सरबमर (मा.मन्त्रीस्तर) को मिति २०७८/१०/११ निर्णय अनुसार तपाईलाई सदस्यमा मनोनय गरिएको ब्यहोरा अनुरोधभ गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV