१२ माघ २०७८, बुधबार

काठमाडौं । मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य पदमा अन्य समूहतर्फबाट सत्तारुढ पाँच दलीय गठबन्धनका मोहम्मद खालिद सिद्दिकी निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी उस्मान अन्सारीलाई पराजित गरेका हुन् । सिद्दिकीले ६ हजार ६७८ ल्याउँदा अन्सारीले दुई हजार ७६६ मतभार पाएका थिए ।

सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत पाए भने अन्सारीले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत पाए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV