१२ माघ २०७८, बुधबार

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट, नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ, र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा विजयी भएका हुन् ।

निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV