१२ माघ २०७८, बुधबार
  • तस्वीर : महेश्वर के.सी.,

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर को पुत्ला दहन गरेका छन् ।

नेकपा निकट अखिल क्रान्तिकारीले बुधबार काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई तित्तरवित्तर पारेको थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको असर जनताको दैनिक जीवन–यापनमा परेको भन्दै तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिए । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV